मन कुमारी बाहिङ राई उपाचार सहयोगमा रु ३,१७,५६६.९१ पैसा हस्तान्तरण

बाहिङ किरात मुलुखिम दक्षिण कोरीय शाखाको पहलमा सोलुखुम्बु जिल्ला नेचासल्यान गा.पा वडा नं १ गुगुर्दी निवासी मन कुमारी बाहिङ राईको ब्रेष्ट क्यान्सर भई उपाचारका लागि विगत ७ महिना देखि उपचारमा रहनु भएको थियो । वहाको उपचारका लागि मुलुखिम दक्षिण कोरीय शाखा द्वारा कोरियमा आफ्नो आफ्नो दुख गर्दै आउनु भएका दाजुभाई दिदी बहिनीहरुले उपाचरका लागि अभियान संञ्चालन गरेको थियो । करिव ३ हप्ताको सहयोग अभियानबाट रु २४२८००.५१ (दुई लाख बयालिस हजार आठ सय एकाउन्न पैसा ) सहयोग मुलुखिम केन्द्रमा संकलन गराएको थियो । त्यसै गरि यो अभियानमा छितापातल बेलायतबासी दाजुभाई दिदीबहिनीहरुबाट अभियानमा साथ दिदै रु ७४,७६६.४० (चौरहत्तर हजार, सात सय, छैसठ्ठी रुपैया चालिस पैसा) संकलन गरि मुलुखिम केन्द्रमा संकलन गराई दुवै सहयोग रकम मुलुखिम केन्द्रका महासचिव धिरेन सुस्तोचा बाहिङ, कोषाध्यक्ष कृष्ण बहादुर बाहिङ सदस्य धनकुमारी बाहिङ, सूचाना विभाग प्रमुख बुद्ध बिर बाहिङ र सपरिवारहरुको उपस्थिीतिमा कुल आर्थिक सहयोग रु ३,१७,५६६.९१ पैसा (तिन लाख सत्र हजार पाँच सय छैसठ्ठी रुपैया एकानब्बे पैसा मिति २०७८ माघ १२ गतेका दिन हस्तान्तरण ग¥यो ।
अभियानमा सहयोग गर्नु हुने मनकाकारी दाजुभाई दिदी बहिनीहरु र यस अभियनमा बेलायतमा रहनु हुने, शुभचिन्तक, अफन्तजनहरुबाट आर्थिक सहयोग पहल गरि मन कुमारी बाहिङ राईको उपचारमा महत्वपूर्ण भूमिका निभाउनु हुने बाहिङ किरात मुलुखिम दक्षिण कोरीय शाखा र युकेका सहयोगी दाताहरुमा संस्थाका महासचिवबाट आभारी व्यक्ति गर्दै, यस पवित्र सहयोगमा निस्वर्थ मानबिय सेवामा अमुल्य योगदान दिनु हुने सबैमा बाहिङ किरात मुलुखिम संस्थाको तर्फबाट आभारी व्यक्त गर्नु भएको छ । विरामीका श्रीमान नौधन बाहिङज्यूले सहयोगीहरुलाई धन्यवाद दिनु हुदै, सहयोगले विरामीको उपचार सहयोग गरे जस्तै राम्रो होस भन्ने शुभेक्षा राख्नु भएको थियो । आनिमोखोला