मन कुमारी बाहिङ राई उपाचार सहयोगमा रु ३,१७,५६६.९१ पैसा हस्तान्तरण

बाहिङ किरात मुलुखिम दक्षिण कोरीय शाखाको पहलमा सोलुखुम्बु जिल्ला नेचासल्यान गा.पा वडा नं १ गुगुर्दी निवासी मन कुमारी बाहिङ राईको ब्रेष्ट क्यान्सर भई उपाचारका लागि विगत ७ महिना देखि उपचारमा रहनु भएको थियो । वहाको उपचारका लागि मुलुखिम दक्षिण कोरीय शाखा द्वारा कोरियमा आफ्नो आफ्नो दुख गर्दै आउनु भएका दाजुभाई दिदी बहिनीहरुले उपाचरका लागि अभियान संञ्चालन गरेको थियो । करिव ३ हप्ताको सहयोग अभियानबाट रु २४२८००.५१ (दुई लाख बयालिस हजार आठ सय एकाउन्न पैसा ) सहयोग मुलुखिम केन्द्रमा संकलन गराएको थियो । त्यसै गरि यो अभियानमा छितापातल बेलायतबासी दाजुभाई दिदीबहिनीहरुबाट अभियानमा साथ दिदै रु ७४,७६६.४० (चौरहत्तर हजार, सात सय, छैसठ्ठी रुपैया चालिस पैसा) संकलन गरि मुलुखिम केन्द्रमा संकलन गराई दुवै सहयोग रकम मुलुखिम केन्द्रका महासचिव धिरेन सुस्तोचा बाहिङ, कोषाध्यक्ष कृष्ण बहादुर बाहिङ सदस्य धनकुमारी बाहिङ, सूचाना विभाग प्रमुख बुद्ध बिर बाहिङ र सपरिवारहरुको उपस्थिीतिमा कुल आर्थिक सहयोग रु ३,१७,५६६.९१ पैसा (तिन लाख सत्र हजार पाँच सय छैसठ्ठी रुपैया एकानब्बे पैसा मिति २०७८ माघ १२ गतेका दिन हस्तान्तरण ग¥यो ।
अभियानमा सहयोग गर्नु हुने मनकाकारी दाजुभाई दिदी बहिनीहरु र यस अभियनमा बेलायतमा रहनु हुने, शुभचिन्तक, अफन्तजनहरुबाट आर्थिक सहयोग पहल गरि मन कुमारी बाहिङ राईको उपचारमा महत्वपूर्ण भूमिका निभाउनु हुने बाहिङ किरात मुलुखिम दक्षिण कोरीय शाखा र युकेका सहयोगी दाताहरुमा संस्थाका महासचिवबाट आभारी व्यक्ति गर्दै, यस पवित्र सहयोगमा निस्वर्थ मानबिय सेवामा अमुल्य योगदान दिनु हुने सबैमा बाहिङ किरात मुलुखिम संस्थाको तर्फबाट आभारी व्यक्त गर्नु भएको छ । विरामीका श्रीमान नौधन बाहिङज्यूले सहयोगीहरुलाई धन्यवाद दिनु हुदै, सहयोगले विरामीको उपचार सहयोग गरे जस्तै राम्रो होस भन्ने शुभेक्षा राख्नु भएको थियो । आनिमोखोला

मुलुखिमले संस्थाले बाहिङ बर्ण प्रवद्र्धन तथा साहित्य लेखन कार्यक्रम सम्पन्न ।

कार्यक्रमको अन्तिम दिन पौष १७ गते सनिबारका दिन राजधानीको सुकेधारा स्थीत नवदुर्गा पार्टि प्यालेसमा चिशंखुगढी गाउपालिकाका बाहिङ अल्पसंख्यक जातिबाट मानोनित कार्यपालिका सदस्य श्री काजिमान बाहिङज्यू प्रमुख आतिथ्यमा समुदघान भएको थियो भने मुलुखिमका अध्यक्षज्यूले उक्त कार्यक्रमको सभापतित्व गर्नु भएको थियो । कार्यक्रममा बाहिङ भाषा विभागका संयोजक तथा पद्यमकन्य क्याम्पसका उप प्राध्यपक श्री मुगामाया बाहिङज्यूले बाहिङ मातृभाषामा व्यकरणका थप आयमहरुको पनि काम अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रमका आर्कषक व्यतित्व तथा प्रमुख अतिथीज्यले बाहिङ संस्थालाई सुझाव दिनु हुदै, जनप्रतिनिधिहरुले जुन विचारधारामा रहेता पनि भाषा संस्कार संस्कृति र आफ्नो जाति र समुदायको लागि आफुले सक्ने सहयोग गर्नु पर्नेमा जोड दिनु हुदै मुलुखिमलाई आफुले सक्दो सहयोग गर्दै आएको र भावि दिनहरुमा समेत सहयोग गर्ने प्रवद्धता गर्नु भयो । भने कार्यक्रमका सभापति गर्नु हुने नेपाल सरकारका पूर्व उपसचिव तथा मुलुखिमका अध्यक्ष श्री भूपराज बाहिङज्यूले भाषा, संस्कार र संस्कृति नै जातिको आधार हो त्यसैले भाषा बाँचे जाति बाच्छ र जाति बाँचे संस्कृति संस्कार बाँच्छ । यो आभियान सहयोग गर्ने संस्था आदिवासी हिमाली समाज प्रति आभार व्यक्तत गर्नु हुदै अहोरात्र सहजकर्ता दुईले आफ्नो जिम्मेवारी पुरा गरेकामा धन्यवाद दिनु भयो र साथै साथै यस अभियानलाई सफल पार्नमा जिल्ला समितिहरु दयाल कार्यसमितिहरु प्रति आभारी व्यक्त गर्नु भयो ।

बाहिङ बर्ण प्रवद्र्धन तथा लेखन कार्यक्रममा सबै क्षेत्र गरेर ३४५ जनाले सहभागि रहनु भएको थियो । भने बाँकी रहेका स्थानहरुमा उपयूक्त समयमा समन्वय गरि संस्थाले थप ४ स्थानहरुमा कार्यक्रम पुनं गर्ने समेत निर्णय गरेको छ ।

कार्यक्रमको उदेश्य लोपोन्मुख बाहिङ बर्ण लेखनको परिचय गरि सोहि आधारमा कथा, कविताहरु लेख्ने अभ्यास भएको थियो । भने सहभागिले लेखेका कथा कवितालाई संस्थाले संकलन गरि त्यसमा छनौट गरि उपयुक्त पाठ्यासामाग्रीहरुलाई बाहिङ पाठ्यपुस्तक कक्षा ३, ४, ५ का लागि प्रयोग गरिने र बाँकी संकलित कथा कबिताहरु संस्थाले छुटै प्रकाशन गर्ने समेत संस्थाका महासचिवले जानकारी दिनु भयो । कार्यक्रमको अन्तिम दिन पौष १७ गते सनिबारका दिन राजधानीको सुकेधारा स्थीत नवदुर्गा पार्टि प्यालेसमा चिशंखुगढी गाउपालिकाका बाहिङ अल्पसंख्यक जातिबाट मानोनित कार्यपालिका सदस्य श्री काजिमान बाहिङज्यू प्रमुख आतिथ्यमा समुदघान भएको थियो भने मुलुखिमका अध्यक्षज्यूले उक्त कार्यक्रमको सभापतित्व गर्नु भएको थियो । कार्यक्रममा बाहिङ भाषा विभागका संयोजक तथा पद्यमकन्य क्याम्पसका उप प्राध्यपक श्री मुगामाया बाहिङज्यूले बाहिङ मातृभाषामा व्यकरणका थप आयमहरुको पनि काम अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो । 

कार्यक्रमका आर्कषक व्यतित्व तथा प्रमुख अतिथीज्यले बाहिङ संस्थालाई सुझाव दिनु हुदै, जनप्रतिनिधिहरुले जुन विचारधारामा रहेता पनि भाषा संस्कार संस्कृति र आफ्नो जाति र समुदायको लागि आफुले सक्ने सहयोग गर्नु पर्नेमा जोड दिनु हुदै मुलुखिमलाई आफुले सक्दो सहयोग गर्दै आएको र भावि दिनहरुमा समेत सहयोग गर्ने प्रवद्धता गर्नु भयो । भने कार्यक्रमका सभापति गर्नु हुने नेपाल सरकारका पूर्व उपसचिव तथा मुलुखिमका अध्यक्ष श्री भूपराज बाहिङज्यूले भाषा, संस्कार र संस्कृति नै जातिको आधार हो त्यसैले भाषा बाँचे जाति बाच्छ र जाति बाँचे संस्कृति संस्कार बाँच्छ । यो आभियान सहयोग गर्ने संस्था आदिवासी हिमाली समाज प्रति आभार व्यक्तत गर्नु हुदै अहोरात्र सहजकर्ता दुईले आफ्नो जिम्मेवारी पुरा गरेकामा धन्यवाद दिनु भयो र साथै साथै यस अभियानलाई सफल पार्नमा जिल्ला समितिहरु दयाल कार्यसमितिहरु प्रति आभारी व्यक्त गर्नु भयो ।

बाहिङ बर्ण प्रवद्र्धन तथा लेखन कार्यक्रममा सबै क्षेत्र गरेर ३४५ जनाले सहभागि रहनु भएको थियो । भने बाँकी रहेका स्थानहरुमा उपयूक्त समयमा समन्वय गरि संस्थाले थप ४ स्थानहरुमा कार्यक्रम पुनं गर्ने समेत निर्णय गरेको छ ।

ओखलढुंगा जिल्ला मोली १ स्थाई निवासी प्राध्यपक तथा लेक्चरर श्री मोहनराज राई सहयोग

ओखलढुंगा जिल्ला मोली १ स्थाई निवासी प्राध्यपक तथा लेक्चरर श्री मोहनराज राईज्यूको क्यान्सर रोगबाट निधन हुनु भएकोमा वाहाको हार्दिक श्रदान्जली अर्पण गर्दै संस्थाले निजको पार्थिव सरिर मोली सम्म लानको लागि एम्बुलेन्स खर्च सहयोग स्वरुप संस्थाका कार्यसमितिका पादाधीकारीज्यूहरुबाट आर्थिक सहयोग सहित एम्बुलेन्स सेवा प्रदान गरेको छ । सेवा प्रदानमा सहयोग गर्नु हुने उल्लेखित मनका धनी समितिहरुमा आभारी छौ । उपाध्क्ष श्री इमान सिं बाहिङ रु २०००, कोषाध्यक्ष श्री कृष्ण बहादुर बाहिङ रु२०००, सदस्य श्री चुम बहादुर बाहिङ रु २०००, अध्यक्ष श्री भूपराज बाहिङरु ९०००, सदस्य श्री भक्त बहादुर बाहिङ रु९००, आजिवन सदस्य श्री पदम बाहिङ रु१०००, सहकोषाध्यक्ष श्री खड्ग कुमारी बाहिङ रु२०००, बाहिङ किरात युवा संगठनका अध्यक्ष श्री करुणा बाहिङ रु १५००, सहयोगी श्री सानु राई रु ५००, सदस्य श्री बलराज बाहिङ रु३०००, संरक्षक श्री डिल्ली राम बाहिङ रु १०००, सदस्य श्री धन कुमारी बाहिङ रु २०००, सहयोगि श्री रजिता बाहिङ रु १०००, आजिवन सदस्य श्री कुमार बाहिङ २००० गरि कुल २२९९०० एम्बुलेन्स सेवा बापत सहयोग प्रदान गरेको थियो ।
Bahing Ambulance